गण्डकीसाहित्यप्रदेश

तीजको गीत : हाम्रो संस्कृति हाम्रो पहिचान

कति राम्रो सुन्दर शान्त हाम्राे देश नेपाल
बहुल जाति भाषा धर्म  संस्कार विशाल ।

मेचीदेखि  कालीसम्म फैलिएको  देश हाम्रो
चन्द्रसूर्य अङ्कित झण्डा  हेर्दा झन् राम्रो ।

शान्तिका अग्रदूत गाैतम बुद्ध  जन्मेका
अयाेध्याकी बुहारी हुन् सीता अन्मेका ।

विश्वकै उच्चशिखर हाम्राे सगरमाथामा
राष्ट्रियता झण्डा बाेकी जान्छन् हातामा ।

पशुपतिनाथ हाम्राे सम्पदाकाे सूचीमा
विष्णुजीकाे प्रार्थना गर्छाैं खुशीमा ।

भगवानकै पालादेखि नारी पुज्ने देश याे
मातृभाषा संस्कृति  भेषभूषाकाे ।

सम्पदा र संस्कृति धेरै थरी मिसिए
युवा जति विदेशिए गाउँ रित्तिए ।

पूर्खादेखि धर्मगुरु चालचलन चलाए
संस्कृत याे जाेगाई राख्न अाँखा उघारे ।

महिला पनि जुट्नुपर्छ  विकासकाे बाटाेमा
लागिपरे सुन फल्छ हाम्रो माटोमा ।

संस्कृति याे मेटिएमा पहिचान मेटिन्छ
आचरण सुधारेमा लक्ष्य भेटिन्छ  ।

विदेशीका सामू हामी छैनाैं कहिल्यै  झुकेको
सयाै थुङ्गा मालाभित्र अनेक लुकेकाे ।

कस्ताे भयाे चालचलन साेच्दा पनि खर्चिलाे
नाैलाे चलन अँगाल्दामा भाछ भड्किलो ।

शून्य भयाे गाउँघर शून्य हुदै शहर
पहिचान छाेड्दै जाँदा हट्याे रहर।

संस्कार र संस्कृति पश्चिमामा ढल्या छ
विकृति र विसङ्गतिकाे अागाे बल्या छ ।

थाेरै गर्छु मनका कुरा थाेरै गर्छु बात मैले
प्रधानमन्त्री  बन्नुपर्ने गरें अाँट मैले ।

प्रधानमन्त्री भएँ भने जाेगाउँछु संस्कृति
हुन दिन्न  मैले देशमा यस्ताे विकृति  ।

जाेगाउछु पाटीपाैवा जाेगाउछु चाैतारी
जागिर खाेज्न पर्दैन युवा भाैंतारी ।

खाेल्छु मैले उद्योगधन्दा खाेल्छु मैले विकास
अनि मात्र पाउछ देशले ठूलाे निकास ।

वास्तुकला, चित्रकला  इतिहास बाेकेकाे
संस्कार धान्छु भन्नेलाई  छैन राेकेकाे ।

परम्परा  हाम्राे रीति हाम्राे नै हाे पहिचान
तीजकै भाकाबाट  गर्छौ आह्वान (आ

हिमालय पर्वतकी थिइन् छाेरी पार्वती
महादेव पति पाउन व्रत बसेकी ।

तीजकाे व्रत बसी बसेर पञ्चमीको पूजा लाइन्
अाफ्नाे इच्छा पूरा भयाे भनेजस्तो  पाइन् ।

धर्म अनि संस्कृतिमा लुकेकाे छ पहिचान
परम्परा जाेगाएर सिक्नुपर्छ ज्ञान ।

आमा दिदी बहिनीलाई गर्नुपर्छ सम्मान
जाेगाई राखाैं सबै मिली हाम्राे पहिचान ।
    – तनहुँ 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button