हेडलाईनसमाचारगण्डकीऋषिङस्वास्थ्य

सन्यासीटार खानेपानी  आयोजना समुद्घाटन  : ऋषिङका सबै घरमा धारा पऱ्याइनेछ : अध्यक्ष श्रेष्ठ

प्रहार समाचार । तनहुँ २० भदौ २०८१ बिहिवार । तनहुँको ऋषिङ – ६ मा रहेको सन्यासीटार खानेपानी आयोजनाको आज एक कार्यक्रमका बिच धाराको उद्घाटन गरिएको छ। उक्त आयोजनाको उद्घाटन गर्दै ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले  पानी जीवन भएकाले स्वच्छ पानी पिउन पाउनु जनताको अधिकार भएकाले पालिकाले एक घर एक धारा अभियान सुरु गरेको बताए ।

अध्यक्ष श्रेष्ठले खाने पानीको सहि सदुपयोग गरेर बचेको पानीलाई तरकारी उत्पादन गरेर आय आर्जन गर्नुपर्नेमा जोड दिए ।  गाउँपालिका उपाध्यक्ष गिनु माया थापाले  हिजोका दिनमा एक गाग्री पानी ल्याउन आमादिदी बहिनीहरु लाई घण्टैं समय लाग्ने अवस्थामा आज घरघरमा धारा आउदा समय को बचत हुनुका साथै स्वास्थ्यमा समेत सुधार हुने बताईन्।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले मानव स्वास्थ्य सङ्ग पानी जोडिएकाले स्वच्छ पानी पीउन पाउनु भनेको रोग लाग्नबाट बचाउने औषधि सेवन गरेजस्तै भएको बताउँदै बचेको पानीको सहि सदुपयोग गर्नु पर्ने बताए ।


उक्त खानेपानी उद्घाट कयिक्रममा वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर आले  , सन्यासीटार खानेपानी तथा सरसफाई आयोजना निर्माण  समितिका अध्यक्ष पदमलाल रानाभाट , वडा सदस्यहरु,  सहित प्राविधिक ‘कर्मचारी र उपभोक्ता समितिका सदस तथा पदाधिकारीहरु लगायत  स्थानिय व्यक्तिहरुको उपस्थिति  रहेको थियो ।

१४ लाख रुपैया लागतमा निर्माण सम्पन्न उक्त आयोजनाबाट ३१ वटा धाराहरु जडान गरिएको बताइएको छ। उक्त खानेपानी आर्याजना सञ्चालनका लागि   ३ वटा ट्याङ्की निर्माण गरि पानी घरघरमा वितरण गरिएको बताइएको छ।  ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको एक घर एक धारा बनाउने अवधाराण अनुसार यो आयोजना सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत चिनवहादुर रानाभाटले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button