हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर भदौरे झरी

प्रहार समाचार । काठमाडौँ २१ भदौ २०८१ शुक्रवार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । अहिले  देशका धेरै ठाउँमा भदौरे झरी परिरहेका छ। गएराति , कपिलवस्तु, रुपन्देही, प्युठानमा  भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । 

यसैगरी ,  बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने नदी तथा खोलामा बाढी र होचा भेगमा डुबानको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान  महाशाखाले अनुरोध गरेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको  बुलेटिनमा उल्लेख  छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button