हेडलाईनसमाचारगण्डकी

लमजुङको जनविकास मा.वि.मा जुनियर रेडक्रस सर्कल गठन  : अध्यक्षमा प्रतीक्षा तामाङ

विजय अधिकारी  ( संवाददाता )  l  लमजुङको सदरमुकाम बेसीशहर नगरपालिका वडा नम्बर – ७,मा रहेको जनविकास मा.वि.बेसीशहरमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा रेडक्रस सर्कल गठन गरिएको शिक्षक नायक शिवराज अधिकारीले जानकारी  दिए ।


विधार्थीहरुको भेलाले कक्षा १० की  छात्रा प्रतीक्षा तामाङको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कक्षा ८ वि का सन्त घले , सचिवमा कक्षा १० ए की अनुस्का श्रेष्ठ , उप सचिवमा कक्षा ८ ए की सदिक्षा पन्त , कोषाध्यक्षमा कक्षा ९ बि की  रचना विस्ट , उप कोषाध्यक्षमा ९ ए का विराज बस्नेत रहेका छन ।

त्यसैगरी सदस्यहरुमा क्रमशः कक्षा ७ बि का मिटु गुरुङ , कक्षा ७ ए का रोहन गुरुङ , कक्षा ६ ए का अंश गुप्ता , कक्षा ६ बि का सुनिल गुरुङ , कक्षा ५ ए का आदित्य चौधरी र सिजन गुरुङ रहेका छन ।


 विधार्थीहरुको भेलामा शिक्षक नायक शिवराज अधिकारीले रेडक्रसका सिद्धान्त र गर्नुपर्ने कार्यबारे प्रकाश पारेका थिए ।
विद्यालयका प्रधानध्यापक एकदेब घिमिरेले नव गठित समितिका अध्यक्ष एवं पदाधिकारीहरुलाई रातो टीका लगाइ बधाई दिएका थिए भने  कार्यक्रमको सहजीकरण सह- शिक्षक नायक लिलावती न्यौपानेले गरेकी थिइन। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button