हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

चीनमा  पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम् ३८ पुग्यो :  २४ जना बेपत्ता

प्रहार समाचार । चीन १८ साउन २०८१ शुक्रवार । चीनमा भएको  भीषण वर्षापछि उत्तरी चीनको एउटा राजमार्गको पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ  भने २४ जना अझै बेपत्ता भएका छन् ।

उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।

यो पुलको तीनलेन खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ । सिन्ह्वाका अनुसार शुक्रवार अधिकारीहरूलेचीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ ।

मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ । 

मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्याएका छन् । २४ जना अझै बेपत्ता छन् । सीसीटीभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button