आँबुखैरेनीहेडलाईनगण्डकी

कक्षा १२ काे परीक्षाको नतिजामा मित्रता मा‍वि तनहुँ जिल्ला प्रथम

प्रहार समाचार । तनहुँ १८ साउन २०८१ शुक्रबार । राष्ट्रिय परीक्षा वाेर्डले लिएकाे कक्षा १२ काे परीक्षाको आज प्रकाशित  नतिजामा तनहुँ जिल्ला स्थित मित्रता मा‍वि जिल्लामा नै  प्रथम भएकाे छ । परीक्षामा सहभागि ४५ जना विद्यार्थी मध्ये ३७ जना उतीर्ण भएका हुन् । कुल प्रतिशत ८२.२२ रहेकाे छ ।

२०६५ सालदेखि नै विद्यालयकाे कक्षा ११ र १२ काे नतिजा राष्ट्रिय नतिजा भन्दा माथि रहेकाे विद्यालयका प्रधानाध्यापक सुरेन्द्र वाेगटीले बताए ।

हाम्राे लक्ष्य शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने हाे तर पनि सकिएकाे छैन । आगामी वर्ष अझै राम्राे गर्न काेशिस बाेगटीले बताए ।  शिक्षकहरुकाे मेहनतबाट नै ८२ प्रतिशत नतिजा आएकाे र अनुतीर्ण अधिकाँश विद्यार्थीहरुलाई एक विषय लागेकाे प्रधानाध्यापक वाेगटीले बताए ।

कक्षा ११ मा व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फकाे पढाइहुँदै आईरहेको यस विद्यालयमा कक्षा ११ मा विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा भर्ना लिने गरिएकाे विद्यालयले जनाएको छ। यसका अतिरिक्त जेहेन्दार र कमजाेर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र वाेगटीले बताए ।

तनहुँ जिल्लामा रहेका सामुदायिक विद्यालय तर्फ हालसम्म प्राप्त तथ्याङ्कका आधारमा मित्रता मावि प्रथम भएकाे शिक्षा विकास तथा समन्वय इकाइ दमाैलीका अधिकृत विश्वनाथ रेग्मीले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button