• विजय अधिकारी । ( लमजुङ संवाददाता ) । लमजुङ जिल्लामा एसइईको ग्रेड वृद्धि परीक्षाको लागी दुई परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले यही साउन २३ गते बाट सञ्चालन हुने एसइईको ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि लमजुङ जिल्लामा दुई वटा मात्र परीक्षा केन्द्र कायम गरिएको बताए ।

गुरुङका अनुसार – एसइई ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि सुन्दरबजार नगरपालिका वडा नम्बर – ९ ,भोटेवडार स्थित भक्तिनमुना माध्यमिक विद्यालय र बेसीशहर नगरपालिका वडा नम्बर ७,बेसीशहर स्थित जनविकास माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र कायम गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसइई ग्रेड वृद्धि परीक्षामा लमजुङ जिल्लाभरका १ हजार १ सय ७७ जना विद्यार्थी सहभागी हुने जनाइएको छ । जिल्लामा २०८० सालको एसइई परीक्षामा २ हजार ६ सय ५० जना विधार्थी सहभागी भएका मध्य १ हजार ४ सय ७३ जना विधार्थी मात्र एसइई परीक्षामा उत्तीर्ण हुन सफल भएका थिए । भने १ हजार १ सय ७७ जना विधार्थी अनुत्तीर्ण भएका थिए ।
उतृर्ण भएका विधार्थी मध्य मध्यनेपाल नगरपालिकाको कुसुमाकर मा.वि. का विस्वास घिमिरे,बेसीशहर नगरपालिकाको युनिभर्सल ऐकेडमीका आयुश के.शि. र आयुशा गुरुङ गरि ३ जना विधार्थीले उत्कृष्ट नतिजा ४ जिपिय प्राप्त गर्न सफल भएका इकाई प्रमुख गुरुङले बताए ।

























