प्रहार समाचार । तनहुँ १८ साउन २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ स्थित शिव पञ्चायन मन्दिर, गल्बुवेशी , कमलडिहिमा आज समूहिक रुद्री तथा हवन सम्पन्न भएको छ। ग्रह शान्ति , सामुहिक कल्याणगर्ने उद्देश्यले ब्राह्मण समाज नेपाल व्यास नगरपालिका वडा नं १ कार्यसमितिको आयोजनामा उक्त रुद्री आयोजना गरिएको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाही , नेपाल राष्ट्रिय अनुसन्धानका एसपी कमलप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको उक्त सामुहिक रुद्री कार्यक्रममाब्राह्मण समाज नेपाल वडा कार्यसमितिका अध्यक्ष रामचन्द्र मिश्र र बलराम गैरे मुख्य कर्ता रहेका थिए ।



उक्त सामूहिक रुद्री कार्यक्रममा ब्राह्मण समाज नेपालका पूर्व केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. लक्ष्मीकान्त चापागाई , जिल्ला उपाध्यक्ष मदन प्रसाद पण्डित , कोषाध्यक्ष गङ्गा प्रसाद पोख्रेल तथा नगर र वडाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा वडाका १ सय भन्दा बढि ब्राह्मण बन्धुहरूको उपस्थिति रहेको ब्राम्हाण समाजका जिल्ला सदस्य पण्डित दुर्गाभक्त अधिकारीले बताए ।
























