प्रहार समाचार । १८ साउन २०८१ शुक्रवार । लहान–ठाडी सडकखण्डअन्तर्गत महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित चोकबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरी बस्ने १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितले बताए ।
उनीहरूलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
























