हेडलाईनसमाचारप्रदेश

नेकपा एमालेलेमा नयाँ कार्यविभाजन

प्रहार समाचार । काठमाडौँ १७ साउन २०८१ बिहिवार । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीसहितका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय समिति सदस्यहरूको कार्यविभाजन गरेको छ।

आज बसेको सचिवालय बैठकले नेताहरूको कार्यजिभाजनसहितको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। 

कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र पार्टीको नेतृत्व गर्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान संयोजनका साथै नीति तथा योजना सम्बद्ध विभागहरुको नेतृत्वको जिम्मेवारी दिइएको छ।


उता उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश तथा स्थानीय तह समन्वय र मानवस्रोत सम्बद्ध विभागहरूको जिम्मेवारी दिँदा अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन तोकिएको छ ।

उपाध्यक्ष विष्णु पौडेललाई पार्टीको संगठनात्मक कामको अनुगमन संयोजन र पार्टी सम्बद्ध विभागहरूको जिम्मेवारी तोकिएको पाटी कार्यालयले जनाएको छ।

यस्तो छ जिम्मेदारीको पत्र  :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button