हेडलाईनसमाचारगण्डकी

अबरुद्ध लमजुङको डुम्रे – बेसीशहर – चामे सडक खन्ड र मध्यपहाडी लोकमार्ग सडक सुचारू

• विजय अधिकारी ।  (लमजुङ संवाददाता ) १७ साउन २०८१ बिहिबार ।  लमजुङमा आज परेको भारी बर्षाका कारण डुम्रे – बेसीशहर – चामे सडक खन्ड र मध्यपहाडी लोकमार्ग सडक बन्द भएकोमा अहिले साँझ खुलेको  छ ।

आज दिउसो परेको अविरल  बर्षाले डुम्रे – बेसीशहर – चामे सडक खन्ड अन्तर्गत बेसीशहर नगरपालिका वडा नम्बर – १ , को उदिपुर खोला र चिप्लेटी खोलामा लेदो र गेग्रयान सहितको बाढी आएपछी लमजुङका विभिन्न ठाउँ र मनाङ जाने सवारी साधन रोकिएर  सडक पुर्ण रूपमा अबरुद्ध हुनु पुगेको थियो ।

त्यसैगरी मध्य पहाडी लोकमार्ग अन्तर्गत सुन्दर बजार नगरपालिका वडा नम्बर – ५ , खहरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग बाट पोखरा , दमौली लागायत लमजुङमा चल्ने सवारी साधन हरु पनि चलेका सुचारू भएको प्रहरीले जनाएको छ ।


   बाढीको मात्रा कम भएपछि साँझ बाट सडक सुचारु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button