• विजय अधिकारी । (लमजुङ संवाददाता ) १७ साउन २०८१ बिहिबार । लमजुङमा आज परेको भारी बर्षाका कारण डुम्रे – बेसीशहर – चामे सडक खन्ड र मध्यपहाडी लोकमार्ग सडक खन्ड अवरुद्ध भएको छ ।

आज दिउसो परेको अविरल बर्षाले डुम्रे – बेसीशहर – चामे सडक खन्ड अन्तर्गत बेसीशहर नगरपालिका वडा नम्बर – १ , को उदिपुर खोला र चिप्लेटी खोलामा लेदो र गेग्रयान सहितको बाढी आएपछी लमजुङका विभिन्न ठाउँ र मनाङ जाने सवारी साधन रोकिएर सडक पुर्ण रूपमा अबरुद्ध भएको हो ।

त्यसैगरी मध्य पहाडी लोकमार्ग अन्तर्गत सुन्दर बजार नगरपालिका वडा नम्बर – ५ , खहरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग बाट पोखरा , दमौली लागायत लमजुङमा चल्ने सवारी साधन रोकिएर सडक खन्ड पुर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
बाढीको मात्रा कम हुदै गएपछि तत्काल सडक सुचारु गर्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए ।
























