हेडलाईनसमाचारगण्डकीसाहित्यशुक्लागण्डकीमनोरञ्जन

‘गुड लायो डाङ्ग्रेले, उडायो पांग्रेले’ गीत सार्वजनिक

प्रहार समाचार । तनहुँ १७ साउन २०८१ बिहिवार । तनहुँमा जन्मेर  शुक्लागण्डकी नगरपालिकालाई कर्मथलो बनाएर गित संङ्गीतमा लागेका चर्चित गायक शंकर पन्तको ‘गुड लायो डाङ्ग्रेले, उडायो पांग्रेले’ गीत सार्वजनिक भएको छ । बिहीबार पन्तले आफ्नै युटव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् ।

गीतमा पन्तको शब्द, लय र आवाज रहेको छ भने गायक राजु ढकाल पनि उक्त गीतमा आवाज दिएका छन् । होम गुरुङको निर्देशन तयार पारिएको म्युजिक भिडियोमा हरि खरेल मुख्य भूमिकामा देखा परेका छन् । यसै गरी उक्त भिडियोमा दिपक अधिकारी र कामना पोख्रेलको पनि अभिनय देख्न सकिन्छ ।

पन्तले यो गीतमार्फत आजकालका युवा पुस्तामा देखिने अपरिपक्क प्रेम सम्बन्धमाथि व्याङ्ग्य प्रहार गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button