प्रहार समाचार ।१४ साउन २०८१ सोमबार । आज विहान पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । पोखरा-२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको एलपी देवकोटा मेमोरियल ईङलिस बोर्डिङ दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा विद्यालयका कार्यालय सहयोगी ३३ वर्षीया आरती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बस सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

























