प्रहार समाचार । तनहुँ १४ साउन २०८१ सोमवार । गण्डकी प्रदेशका ११ जिल्लाहरुमा एक वर्षमा एक वर्षमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान गरेको हो ।
प्रदेशमा गत आर्थिक वर्षमा सञ्चालन भएका आयोजनामार्फत २३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

























