हेडलाईनसमाचारगण्डकी

युवा संघ गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका पिताम्बर खनाल

• विजय अधिकारी । लमजुङ संवाददाता । १४ साउन २०८१ सोमवार ।  ने.क.पा.एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनले स्याङ्जाका पिताम्बर खनाल(सुनिल)लाई अध्यक्षमा चयन गरेको छ।
लमजुङको सदरमुकाम बेसीशहरमा  यहि शनिबार र  आइतबार आयोजित अधिवेशन अधिवेशनको  नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

समितिको उपाध्यक्षमा लमजुङका रोशन तामाङ , सचिवमा नवलपुरका आशा गैरे , उपसचिवमा गोरखाका किरण ढकाल र पर्वतका सन्तोष शर्मा त्यसैगरी  कोषाध्यक्षमा तनहुँका जीवन क्षेत्री चयन भएका छन्।


 त्यसैगरी सदस्यहरुमा तनहुँका मनिषा वि.क.र अनुप श्रेष्ठ , लमजुङका लक्ष्मि खड्का , सन्तोष श्रेष्ठ र विजय तामाङ , गोरखाका दिलिप कोइराला , रसीया मिया र ठाकुर गोतामे , स्याङ्जाका अब्बु मिया , प्रकाश अधिकारी , उत्तम परियार र सिमि खनाल , कास्कीका मिरा खत्री , मिलन गुरुङ , एकनारायण पौडेल र सन्तोष थापा रहेका छन ।


त्यस्तै सदस्यमै मनाङका भुमिका गुरुङ , दीर्घराज गुरुङ र सुमन्त गुरुङ , म्याग्दीका गौरी गर्वुजा , डेनिल फगामी र नारायण राई (रोमन ) , पर्वतका रजनी श्रेष्ठ र जगत लामिछाने , बाग्लुङका सन्तोष रेग्मी र सुन्दर श्रीस , नवलपुरका रेनु गैरे थारू , विजय श्रेष्ठ र सहिल श्रेष्ठ सदस्यमा चयन भएका हुन । त्यसैगरी खुल्ला तर्फ महिला पाँच जना चयन भएको निर्वाचन समितिले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button