हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

बंगलादेशबाटमा १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

प्रहार समाचार । काठमाडौँ ९ साउन २०८१ बुधबार । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि देश छाडेर मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको मन्त्रालयले जनायो ।

बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम ह्वात्तै बढेको हो। उक्त प्रदर्शनमा  पक्राउ पर्नेको सङ्ख्या २ हजार ५ सय नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा आन्दोलनकारीहरु तथा कयौँ प्रहरी अधिकारीसमेत रहेका अधिकारीहरुले बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button