हेडलाईनसमाचारप्रदेश

मन्त्रिपरिषद्को बैठक  : के के भए निर्णयहरु

प्रहार समाचार । काठमाडौं २० असार २०८१ । सरकार लाई दिएको समर्थन फिर्ता लिएर मन्त्रिपरिषदबाट एमाले  बाहिरिए पछि अल्पमतमा पुगेको वर्तमान प्रचण्ड सरकारको मन्त्रिपरिषद्को बैठकले आज बिहीबार विभिन्न निर्णयहरु गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार वैदेशिक सहायतामा बन्ने विभिन्न याेजनाका एलओइमा हस्ताक्षर गर्ने, समिति बनाउने, धानको समर्थन मूल्य तोक्ने जस्ता दीर्घकालीन महत्व राख्ने निर्णयहरु गरेको छ।  बैठकले धानको समर्थन मूल्य तोक्नेसहितका निर्णय गरेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सल्लाहकार गोविन्द आचार्यले दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  उद्योगको प्रस्तावमा आर्थिक वर्ष २०८१/८२ को मोटा धानको समर्थन मूल्य ३४१० (प्रति क्विन्टल), र मोटा धानको मूल्य ३४८० (प्रति क्विन्टल) तोक्ने निर्णय गरेको छ। यसै गरि बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा चेकपाेष्ट र अरनिको राजमार्गको चाैथाे चरणकाे निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका एलओइहरूमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेकाे छ ।

 

नेपाल संस्कृत विश्वविद्यालयको जग्गा, सम्पत्ति, खोज लगत, संरक्षण, उपयोग र व्यवस्थापनसहितका ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी पनि प्रवक्ता शर्माले जनकारी  दिइन् ।  

शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान एवं छानबिन गर्न, भवन लगायत अन्य अचल सम्पत्तिको खोज, लगत संकलन, संरक्षण, उपयोग व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ’ प्रवक्ता शर्माले भनिन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button