हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

प्रहार समाचार । १४ असार २०८१ । अन्ततह भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतले इंग्ल्याण्डलाई ६८ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ ।  भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६।४ ओभरमा १०३ रनमै अलआउट भयो । उसका लागि ह्यारी ब्रुकले २५, जोस बटलरले २३, जोफ्रा आर्चरले २१ रन जोड्दा बन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
भारतलाई जित दिलाउन बलरले उत्कृष्ट भूमिका खेले । अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए । 


त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३, रविन्द्र जडेजाले अविजित १७ रन जोडे ।  बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा आदिल रासिद, साम करन, जोफ्रा आर्चर र रिस टोपलीले १–१ विकेट लिएका थिए ।ल


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button