हेडलाईनव्याससमाचारगण्डकीऋषिङनगरपालिका /गाउँपालिका

व्यास नपाबाट उद्धार गरिएका मगरलाई घरपरिवारको जिम्मा लगाइयो

प्रहार समाचार । तनहुँ १४ असार २०८१। विगत दुई /तीन वर्ष अगाडिदेखि बिरामी परि दुई महिना पहिले देखि सडकमै बस्ने गरेका  ऋषिङ गाउँपालिका वडा नं १ झापुटारका नारायण गरञ्जा मगरलाई रोग निको भएपछि शुक्रबार घरपरिवारको जिम्मा लगाइएको छ।

व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले मानवीय नाताले अपत्र परि सडकमा नै बस्ने गरेको सूचना पाएपछि विरामी अवस्थाका गरञ्जामगरको औषधोपचार, रेखदेख, तथा खाने बस्ने लगायत सम्पूर्ण व्यवस्था नगरपालिकाले नै गरि अहिले पूर्ण रूपमा स्वस्थ्य भएपछि बाबु ऋखुराम गरञ्जा मगरको जिम्मा लगाई घर पठाइएको बताए ।

स्वस्थ्यमा सुधार आएपछि विगत एक महिना जति निज मगरले नगरपालिका भित्रै फूलहरु गोड्ने, सरसफाई शाखाका कर्मचारीहरु संङ्गै काम गर्ने गर्थे । उनको व्यवहार र काम राम्रोसंग गर्न थालेपछि आचरणमा सुधार आएकोले आज घर परिवारको जिम्मा लगाईएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत काशिराम गैह्रले बताए ।
‘सुरुमा उद्दार गरेर ल्याउँदा मानसिक रूपमा पूर्ण बिरामी मगर अहिले पूर्ण रूपमा स्वस्थ्य भएकाले घर परिवारको जिम्मा लगाएका हौँ ‘ व्यास नगरपालिका  प्रशासन शाखाका प्रमुख रामचन्द्र हड्खले बताउँछन् ।

मगर आमाको निधन भएपछि डिप्रेशनमा परि बिरामी भई घर छाडेर सडकमा पुगेका थिए । अहिले घर परिवार, समाजमा घुलमिलका लागि उनलाई घर पठाईएको र पछि नगरपालिकाको सरसकाई शाखामा नै राखेर सहयोग गर्न सकिने नगर पालिकाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button