प्रहार समाचार । डेनमार्क, जेठ २६ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि कुटपिट भएको छ । शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।।उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’
आक्रमणकारी पक्राउ परेका छन् । आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
























