प्रहार समाचार । तनहुँ, जेठ २५ । पृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक विस्तार अन्र्तगत पूर्वि खण्डको ठेकदारको पानी बोक्ने ट्याङ्करको ठक्करबाट सोमबार मृत्यु भएका इन्जिनियर प्रवीण कैनीको आज अन्तिम दाह संस्कार गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको पीडित र चाइनिज पक्षबिच भएको वार्तामा सहमती जुटेपछि मृतकका आफन्तले शुक्रबार शव बुझेका हुन् ।चाइनिज कम्पनीले पीडित परिवारलाई इन्स्योरेन्ससहित ३० लाख क्षतिपूर्ति, दिने,घरको एक जनालाई आयोजनामा रोजगारी दिने र चालकलाई हदैसम्मको कारबाही गर्ने सहमती भएपछि शव बुझेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए ।
आफ्नो घर व्यासनगपालिका–१२ कमलबारीबाट ग १९ प ८३०३ नम्बरको मोटरसाइकलमा दमौली जाँदै गरेको अवस्थामा राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइनिज कम्पनी सिसिसिसिको पानी बोक्ने टयाङकरले ठक्कर दिदाँ २९ वर्षय इन्जिनियर कैनीको सोमबार घटनास्थमै मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीय आन्दोलित भएका थिए
इन्जिनियर कैनीको शुक्रबार दमौली स्थित सेतीबुल्दी आर्यघाटमा दाहसस्कार गरिएको छ । राष्ट्रिय सभाका सदस्य पदम परियार, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्मा, विभिन्न राजनीतिक दलका नेताले फूलगुच्छा चडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
























