प्रहार समाचार । काठमाडौँ, जेठ २२ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्ससँग पहिलो ऐतिहासिक खेल खेल्दै छ । जुन खेलले समग्र नेपाली क्रिकेट इतिहासमा ऐतिहासिक खेलका रूपमा दर्ज हुने भएको छ। क्रिकेटर पारस खड्का विना नै अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड क्यानडा र अमेरिका रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । समूह ‘सी’ मा न्यूजिल्याण्ड, घरेलु टोली वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी छन् ।
नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।
नसमूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड क्यानडा र अमेरिका रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । समूह ‘सी’ मा न्यूजिल्याण्ड, घरेलु टोली वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी छन् ।
टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो
























