प्रहार समाचार । तनहुँ, जेठ २२ । अझै पनि जातीय विभेद कायमै रहेको भन्दै संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति तनहुँले सोमवार जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा बृहत् प्रदर्शन गरेका छन् ।

समितिले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सदरमुकाम दमौलीमा उक्त प्रदर्शन गरिएको हो ।
सबै खाले विभेदको अन्त्य गरौं, समावेशी अवसरको गलत भ्रम अन्त्य गरौं, जातीय भेदभाव सँधैको लागि अन्त्य गरौं लगायत लेखेको प्लेकार्ड बोकेर छुवाछूत र भेदभावविरुद्धका नाराहरु लगाएर प्रदर्शन गरिएको छ । उनीहरुले दमौली बजार परिक्रमा गरेका थिए ।
प्रदर्शनीमा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सचेतना सभामा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल ,दलित सङ्र्घ समितिका संयोजक तथा गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विश्वकर्मा लगायतले
जातीय भेदभाव तथा छुवाछूत समाजको कलंङ्क भएको बताए ।
























