हेडलाईनसमाचारप्रदेश

भारतको बैंग्लोरमा जलेर बझाङका पाँच नेपालीको ज्यान गयो

प्रहार समाचार । भारत, जेठ २१ । भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button