आप्रहार समाचार । तनहुँ, जेठ २१ । तनहुँका तीन स्थानीय तहले आज सोमबार सविजनीक विदा दिएका छन् ।

जातीय विभेद तथा छुवाछुत छुवाछुत उन्मुलन दिवसको अवसरमाजिल्लाकाे व्यास र भानु नगरपालिका तथा म्याग्दे गाउँपालिले सार्वजनिक विदा दिएका हुन्।
पालिकाले आइतबार सूचना जारी गरी पालिकामा बिदा दिने निर्णय भएको जनाएको छ।
पालिका अन्तर्गतका सम्पूर्ण कार्यालय सामुदायिक एवं निजी शैक्षिक संस्था स्वास्थ्य संस्था अत्यावश्यक सेवा बाहेक वित्तीय संघसंस्थाहरूमा स्थानीय विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।
























