हेडलाईनसमाचारप्रदेशखेलकुद

प्रथम सीएचआईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको :  नेपालले टिम च्याम्पियनको उपाधि जित्यो

प्रहार समाचार । काठमाडौँ, जेठ १४ । प्रथम सीएचआईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको सम्पन्न भएको छ । प्रतियोगितामा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।  ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरू सहभागी भएका थिए। 

८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । यस्तै १२ स्वर्णसहित बंगलादेश फस्ट रनर अफ भएको छ ।
७ स्वर्णसहित मलेसियाले सेकेन्ड रनर अफको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो । 

उत्कृष्ट पुरुष खेलाडीतर्फ नेपालकै राजेश विक र महिलातर्फ उत्कृष्ट खेलाडी नुवि मान्धर हुन सफल भएका छन् । उत्कृष्ट अनुशासित समूहको उपाधि भने बंगलादेश देशले हात पारेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button