
साविक चोकचिसानपानी ०४ को हाल भानु नगरपालिका वडा ं.१० लौडारीभञ्ज्याङ स्थित टुसाल गाउँ (फकिर गाउँ) निवासी हुनुहुन्छ सलामदिन मियाँ । उहाँ वि.सं.१९८० सालमा साविक चोकचिसापानी गाउँपालिका वडा नं.४ टुसाल गाउँमा जन्मनु भएको थियो । ठाडोभाका लोक गायन क्षेत्रमा लागेका मियालाई शताब्दी पुरुष भनेर सम्मान गर्नु पर्ने बेला आएको छ ।

हाल उहाँको परिवारमा श्रीमती रञ्जना मियाँ, छोरा इस्लाम मियाँ र इस्माइल मियाँ रहेका छन् । विशेष गरेर झ्याउरे गीतका सारथी मानिने सलामदिन मिया , तारानाथ विमली र देवबहादुर पुलामी लगायतका साथीहरुको सङ्गतमा विभिन्न पूजाआजा तथा मेलापातहरु ठाडोभाका लोकदोहोरी गीत गाउनु भएको थियो । उहाँले गाएका ठाडोभाका लोकगीतहरु हालसम्म रेकर्ड नभएको कुरा साविक भानु १० को हाल व्यास १० निवासी विनोद लौडारीले हामीलाइ बताउनु भयो । उहाँले वरभञ्ज्याङ वडा नं. ६ हडखले गाउँ निवासी जुना सर्किनी,भानु ६ गौह्राथोक निवासी चेलीमाया थापा, मैवलकी ज्ञानु थापा, चोक चिसापानीकी पुतली खत्री , मिर्लुङ घलेछापकी आफली घर्तिनी, समजुरकी स्याननानी मियाँ सङ्ग जमेर ठाडोभाका दोहोरी गीतहरु गाउनु भएको छ । यसै गरी भानु ६ मुलावारी निवासी स्व चुडामणी आले, भानु ६ हडखले गाउँका प्रेमबहादुर खड्का, भानु ६ कै तिलविक्रम अधिकारी, भानु ६ डाँडाथोकका हर्कबहादुर कार्कीको सहयोगी भएर भानु ११ स्थित पुतलीबजार, पोखरीछाप, चन्द्रावती बजार र खुर्सानी बजारमा पुगेर ठाडोभाका गीतहरु गाउनु भएको छ ।

ठाडोभाका गीतको खालमा गीत गाएर धोको नपुगे पछि उहाँहरु मिर्लुङ पोखरीछापको ठूलढुङ्गा बजार देखि चोकको कोटगाउँ हुँदै लौडारीभञ्ज्याङ सम्म र बसन्तपुर थानीथानमा फूलको डोली लैजाँदा र बसन्तपुर थानीथान मन्दिर देखि लौडारीभञ्ज्याङको घर र्फकंंद सम्म बाटोमा ठाडोभाका दोहोरी गीतहरु गाइ रहन्थे भन्ने कुरा उहाँ सङ्ग लिइएको भिडियो क्लिपले पनि बताउँछ ।
(बस्न्यात तनहुँमा रहेर ऐतिहासिक, धार्मिक, सांस्कृतिक , पुरातात्विक विषयमा कलम चलाउने लेखक हुन्। )


























