हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचारखेलकुद

क्रिकेटर दिपेन्द्र सिंह ऐरीले बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा  विश्व  किर्तिमानी

प्रहार समाचार । काठमाडौँ,बैशाख २  । नेपालका अलराउन्डर क्रिकेटर दिपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर विश्व  किर्तिमान कायम गर्न सफल भएका छन्। यो संगै सिंङ्गो नेपाली क्रिकेट इतिहासमा नयाँ उचाई थपिनुका साथै सिङ्गो नेपालको शिर उचो भएको छ।

ओमानमा जारी एससीसी प्रिमियम कपमा दिपेन्द्रले कतारविरुद्ध टि- २० आईमा एकै ओभरमा ६ छक्का हानेका  हुन् । दिपेन्द्र टी- २०  आईमा एकै ओभरमा६ छक्का हान्ने तेस्रो र समग्र अन्तराष्ट्रिय क्रिकेटका पाँचौ खेलाडी भएका छन् ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कसरान खानलाई २० औँ ओभरमा सबै बलमा छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन  बनाउन सफल भएको थियो।
दिपेन्द्र नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा  ६ छक्का हान्ने पहिलो खेखेलाडी समेत भएका छन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मङ्गोलिया विरुद्ध टि -२० आईया दुई फरक  ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए।
उक्त खेलमा दिपेन्द्रले ८ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशक्त  प्रहार गरेका थिए। दीपेन्द्र अघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडीहरु रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button