प्रहार समाचार । तनहुँ, बैशख १ । आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा पर्व मनाउने गरिन्छ । यस पर्वमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिइने परम्परा रहेको संस्कृतिविद् बताउँछन्।

यो पर्वमा विशेष गरी कृषकहरुले आआफ्नो खेतबारीमा पानी हाल्ने गर्दछन्।सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको पाईन्छ ।
मीठा मीठा परिकार बनाएर सम्पूर्ण परिवारका साथमा भोजन गर्ने परम्परा पनि रहेको यस वर्षलाई मध्यनजर राख्दै मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
























