हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव नेपालमा कायमै

प्रहार समाचार । काठमाडौँ, वैशाख २ । पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव नेपालमा कायमै रहेको छ। जस्काकारण आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यान्ह पछि हावा हुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। उता देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी  गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button