हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अष्ट्रेलियाको सिड्नीस्थित  छुरा प्रहार : पाँच जनाको निर्मम हत्या

प्रहार समाचार । अष्ट्रेलिया, बैशाख १ । शनिबार अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा  छुरा प्रहारबाट पाँच जनाको निर्मम हत्या गरिएको छ । स्थानीय समयअनुसार अपराह्न २ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको घटनापछि आयोजित प्रेस ब्रिफिङमा न्यू साउथ वेल्सका सहायक कमिश्नर एन्थोनी कुकले बताएका छन्।

छुरा प्रहारको घटनापछि प्रहरीले अभियुक्तलाई गोली हानी मारेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। बिबिसीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३:१० बजे सपिङ मलमा प्रवेश गरेका थिए। सपिङ मलमा प्रवेश गरेको १० मिनेटमै अर्थात ३स्२० बजे मलबाट बाहिरिएको समाचारमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button