हेडलाईनसमाचारगण्डकीभिमादमनोरञ्जन

मिछुर्लुङमा खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न

प्रहार समाचार । तनहुँ, बैशाख २ । तनहुँको भिमाद नगरपालिका ५ मिछुर्लुङमा  शनिवार  खुल्ला मौलिक कौराह नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

मिघुर्लुङ विकास समितिको आयोजनामा नयाँ वर्ष २०८१ को अवसरमा आयोजित उक्त प्रतियोगिताको खैजडी बजाएर उद्घाटन गर्दै गण्डकी प्रदेशका निर्वतमान आर्थिक मामिला मन्त्री जीत प्रकास आलेले  कौराह नृत्य मगर समुदायको मौलीक नृत्य भएकोको यसको  संरक्षणमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी ,  तनहुँ समाज युकेका अध्यक्ष केशवबहादुर राना, भ्युटारका परिकल्पनाकार महेन्द्र आले लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
उक्त  कौराहा नृत्य प्रतियोगितामा नेपाल मगर विद्यार्थी सङ्घ तनहुँ  प्रथम भएसँगै  ७५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।  प्रतियोगितामा रिसिङ सांस्कृतिक समूह द्वितीय भई नगद ५० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। त्यस्तै काहुँ मिलन क्लब रिसिङ १ तृतीय हुन सफल भई नगद २५ हजार प्रमाणपत्र प्राप्त गर्न सफल भयो। प्रतियोगितामा नेपाल मगर सङ्घ भीमाद इकाइ बागटार र किटिया कातराह ग्रुप सान्त्वना भए सान्त्वना भएसंगै  नगद १० /१० हजार सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए। प्रतियोगितको निर्णायक सतिका संयोजक एवं कौराह नृत्य बिज्ञ यामबहादुर आलेले बताए । प्रतियोगितामा ८ टिमकोसहभागिता रहेको समितिका सचिव प्रताप रानाले बताए । 
उक्त कार्यक्रममा लोक गितका सम्राट राजु परियार र गाईका शिला आलेले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button