प्रहार समाचार । चैत २८ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित बनेकी छिन् ।

उर्मिला अर्यालले राजीनामा दिएपछि बुधवार भएको उपाध्यक्षको निर्वाचनमा उनी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी बनेकी हुन् ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा विजयी बनेको घोषणा गरेका हुन् । उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो ।
























