हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) मनाउँदै : देशभर सार्वजनिक बिदा

प्रहार समाचार । तनहुँ, चैत २९ । आज इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) मनाउँदै छन्। ईदको अर्थ खुशियाली हो ।  रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकाले यो पर्वको नाम ई उल फित्र हुन गएको हो । केही मुस्लिमले ‘ईद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । यसै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। 

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्। ईद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्।

ईस्लामका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवस्सलामले रमजानका बारेमा “जब रमजान शुरु हुन्छ तब स्वर्गका ढोकाहरु खोलिन्छ र नर्कका ढोका बन्द हुन्छ” भन्ने विश्वास रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button