प्रहार समाचार । काठमाडौँ , चैत २८ । नेपालको वायु प्रदूषण विश्वकै घातक मापन गरिएको छ। सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ। यसको प्रभाव नेपालको पर्यटन उद्योगमा देखिने भएको छ।

सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ। जसअनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक हो।एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ। बुधबार बिहान ९ः०१ बजेको तथ्यांकअनुसार भारतको नयाँ दिल्ली दोस्रो अर्थत एक्युआइ २०३ रहेको छ। तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ। चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ ।
एक्युआइअनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ। बुधबार बिहान मापन गरिएको सूचांकअनुसार त्यहाँको एक्युआइ २३६.९७ छ। काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ। जस्को प्रभाव आम नागरिकको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने देखिएको छ।

























