हेडलाईनसमाचारप्रदेश

त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडियो : आवतजावत बन्द

प्रहार समाचार । नुवाकोट, चैत २४ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ त्रिशूली नदीमाथिको पुलको लठ्ठा चुँडीदा आवतजावत बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको सो पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । 

गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति प्रशासन कार्यालयले दिएको थियो। नगर प्रमुख श्रेष्ठले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन गरिने बताएका छन् ।

विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो  बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button