हेडलाईनसमाचारप्रदेश

सुनसरीका पाँच स्थानीय तहमा  कर्फ्यू

प्रहार समाचार । सुनसरी, चैत २४ । सुनसरीका पाँच स्थानीय तहमा जिल्ला प्रशासनले शुक्रबारबाट लगाएको कर्फ्यू आज पनि जारी छ। हरिनगरमा दुई समूहबीच  भएको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । घटनाले निम्त्याएको तनावको समाधान खोज्न अहिले सुनसरीमा सर्वदलीय बैठक बस्ने तयारी भैरहेको छ ।

कर्फ्यूपछि अहिले अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनाको छानबिन गर्ने र दोषी जो भए पनि कार्बाहीको दायरामा ल्याउने प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा  १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते  भएका थिए। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको थियो।

हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर  र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button