हेडलाईनसमाचारगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

भिमादमा इलाका प्रशसन कार्यालय स्थापना गर्न रास्वपाले पहल गर्ने

तनहुँ, चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाका प्रशासन कार्यालय भिमादमा स्थापना गर्न विशेष पहल गर्ने निर्णय गरेको छ ।

 

सो पार्टीको क्षेत्रीय कार्यसमितीको सभापति डा.शेष रमण न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । घिरिङ गाउँपालिका र भिमाद तथा शुक्ला नगरपालिकाका सम्पूर्ण वडा र म्याग्दे तथा रिसिङ गाउँपालिकाका केहि वडाका बासिन्दाले स्थानीय प्रशासनबाट पाउने सार्वजनिक सेवामा सरल पहुंच स्थापना गर्न आवश्यक भएकाले यस तर्फ यस भन्दा अगाडि पनि सामान्य पहल भए पनि कार्यान्वयन भने हुन सकेको थिएन ।

भौगोलिक विकटताका कारण त्यस भेगका जनतालाई नागरिकता र राहदानी जस्तो सेवालिन पनि जिल्ला सदरमुकाम दमौली जानु पर्ने, कतिपय अवस्थामा बास बस्नु पर्ने अवस्थाको अन्त्य हुने भएकाले यसको शीघ्र कार्यान्वनका लागि उपप्रधान तथा गृह मंत्रीलाई ध्यानाकर्षण गर्ने समेत सो पार्टीले निर्णय गरेको छ । यसका लागि प्रारम्भिक चरणमा जिल्ला प्रशासन कार्यालय, तनहुँ मार्फत ज्ञापन पत्र पेश गरिने रास्वपा  तनहुँ २ का क्षेत्रीय सचिव सुन्दर बस्यालले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button