
कस्तो बाटो छ यो हाम्रो , दुर्घटना हुने सधैँ
समस्या के छ खै हाम्रो , मर्नुपर्ने अकालमै।।
नेपालीले कठै ज्यान , फाल्नुपर्ने यसै सधैँ
समाधान हुने छाँट , देखिदैन यहाँ अझै।।
खतरापूर्ण छन् बाटा , बन्छन् काल सधैँभरि
खप्ने पीडा कतिन्जेल , नेपालीले यसै गरी।।
सम्बन्धित सबै बस्छन् , मुकदर्शक झैँ अझै
बिडम्बना भयो कस्ताे , छैन वास्ता पटक्क नै ।।
अपाङ्ग छन् हजाराैं ती , कैयाैँ छन् टुहुराहरू
बर्षैपिच्छे मरेका छन् , मर्ने हून् कि अझै अरू।।
ठन्डा दिमागले साेचाैँ , पर्नेलाई व्यथा कति
बज्रपात बरा यस्तो , गाह्रो छ सहनै अति।।
घटनाको चुराे के हाे , पर्यो पत्ता लगाउन
समस्या याे जरैबाट , पर्छ आजै हटाउन।।
तनहुँ
























