हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आज पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, चैत १८ । नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हाल सम्म पनि रहेकोले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज  देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । छ ।

यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button