हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे–मेला

प्रहार समाचार । डोल्पा, चैत १७ ।   ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ  डोल्माको शे–फोक्सुण्डो गाउँपालिकामा ६७ औं  बाह्रवर्षे शे–मेला लाग्ने भएको छ । मेला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने वडा   नं ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा २०८१ सालको भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको पालिकाले जनाएको छ ।

प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वशान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने गाउँपालिकाका उपाध्यक्षपेमा वाङ्छेन गुरुङले जानकारी दिए । यस ऐतिहासिक मेला हेर्न शे–फोक्सुण्डो गाउँपालिका आउनका लागि उनले सबैलाई आग्रह गरे ।

मेलामा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै बौद्ध गुरु क्याब्जे मेन्री पोन्लोप रिन्पोछे र धर्मगुरु क्याब्जे ग्याङ्खाङ खेन्टुल रिन्पोछेले धार्मिक प्रवचन दिने कार्यक्रम  छ । त्यसैगरी ३७ औं ड्रिकुङ्ग क्याबगोन चेतसाङ्ग रिन्पोछेबाट फोवा उपदेश दिने शेल्री  डुग्ड्राको परिक्रमा गरिने पनि उपाध्यक्ष उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले जानकारी दिएका छन्।बाह्रवर्षे शे–मेला भव्य र सभ्य रूपमा समान्न गर्न आजैबाट पालिका लागिपरेको पनि उपाध्यक्षले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button