हेडलाईनसमाचारदेवघाटगण्डकीनगरपालिका /गाउँपालिका

लोकतन्त्रवादी र समाजवादीको स्वर्ग भविष्यमा हुन्छ :  राष्ट्रपति पौडेल

प्रहार समाचार ।तनहुँ, १७ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको  स्वर्ग भविष्यतिर हुने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै सो धारणा व्यक्त गरेका हुन्।

“अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ” राष्ट्रपति पौडेको कथन थियो । उनले विदेश  पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि  अनुचित भएको बताउँदै  भने “ हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।

गठबन्धन जो जता भएपनि विकासमा हामी एक हुनुपर्छ भनेर राजनीतिक दलका नेताहरुलाई आफूले भन्ने गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ संगठन गर्न जाँदा गरीवी र अभावले खानसमेत नपाईने गरेको स्मरणा गर्दै लोकतन्त्र पछि त्यस क्षेत्रले काँचुली फेरेको बताए ।गाइघाट माथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पुरयाउन त्यहाँ पुलको आवश्यकता रहेको छ, त्यहाँ पुल बन्यो भने व्यापारी किसानकै घरमै पुगेर उत्पादन लैजान सक्ने बताए ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको  संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने उल्लेख गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो । त्यसको लागत करिव १५ करोड रुपैया रहेको बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button