हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

गण्डकी वाङमयद्धारा आयोजित कविता प्रतियोगितामा विवेश पराजुली प्रथम

प्रहार समाचार । पुस , २९  आईतबार ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्धारा   कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा शनिबार दमौलीमा  कक्षा ११ देखि स्नातक तहसम्मको  खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगिताको गण्डकी वाङ्मय वाङ्मय प्रतिष्ठानका पूर्व अध्यक्ष तथा व्यासका अध्येता वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेले उद्घाटन गर्दै  प्रतियोगीका कविताहरु उत्कृष्ट खालका भएकोले भविष्य उज्ज्वल रहेको बताउँदै लेखनाथका पौड्यालका नैतिक सन्देश दिने कविता हरुको  महत्व दिन प्रतिदिन बढेको बताए ।

प्रतियोगितामा महेश सस्कृत गुरुकुल देवघाटमा अध्यनरत छात्र विवेश पराजुली प्रथम हुन सफल भए । त्यसैगरि आदिकवि भानुभक्त क्याम्पस दमौलीमा अध्ययरत रोजनी सुनार द्धितीय ,चण्डिदेवी राष्ट्रिय मावि वैरेनीमा अध्ययनरत बिबिशा बोटे तृतीय र आदिकवि भानुभक्त क्याम्पसका  बोलमाया थापा तृतीय भएका थिए ।

प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका निबर्तमान अध्यक्ष सागर उदाश, सल्लाहकार डा. रघुनाथ न्यौपाने ,उपाध्यक्ष संगम सापकोटा, कोषाध्यक्ष रमा वाग्ले, अमरराज नहर्की लगायतले रचना वाचन गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button