हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

तनहुँ उद्योग वाणिज्य संघको ३८ औं वार्षिक साधरण सभा एवम् १७ औं अधिवेशन सम्पन्न

प्रहार समाचार । तनहुँ, पुस २८ शनिबार ।
तनहुँ उद्योग वाणिज्य संघको ३८ औं वार्षिक साधरण सभा एवम् १७ औं अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।  उद्घाटन सत्र सम्पन्न भएपनि नयाँ नेतृत्वको लागि निर्वाचनको मिति भने तोकिएको छैन ।

अधिवेशनको  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्दै दलका नेताहरु सत्ता प्राप्तिमा भन्दा देशमा सुशासन कायम गर्न, समृद्धि ल्याउन तथा देशको अर्थतन्त्र बलियो बनाउन एक जुट हुनु पर्नेमा जोड दिए । भण्डारीले नेपालका धार्मिक स्थल तथा शक्तिपिठहरुले लाखौंलाई रोजगारी दिएको उल्लेख गर्दै त्यसको संरक्षण र सम्बद्धन गर्नु पर्ने बताए ।


गण्डकी प्रदेशका आर्थिक ममिला मन्त्री जीतप्रकाश आलेले निजी क्षेत्रसँग सहकार्य गरेर औधोगिक क्षेत्र विकासका प्रदेश सरकारले ध्यान दिएको बताउँदै  आफ्नो कमजोरी नदेख्ने  देशमा केही भएन भनेर निराशाका कुरा गर्ने तथा अर्कोलाई दोष लगाउने परिपार्टि बन्द गर्न चेतावनी दिए ।

गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले आर्थिक स्तर कमजोर भएकोले उपभोक्ता खर्च कटौती गर्न थालेकोले व्यापार फष्टाउन नसकेको बताउदै कसरी समाधान गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिए ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button