प्रहार समाचार । तनहुँ, पुस २८ शनिबार ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ को बाल क्लबको अध्यक्षमा साक्षी वाग्ले चयन भएकी छन् ।
शनिबार गरिएको भेलाले वाग्लेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । नव गठित क्लबको उपाध्यक्षमा आयाम वाग्ले, सहउपाध्यक्षमा सुरक्षा न्यौपाने, सचिवमा रचना रानाभाट, कोषाध्यक्षमा शिशिर अधिकारी र सहकोषाध्यक्षमा शिष्टता सिग्देल चयन भएका छन्।
त्यसै गरि क्लबको सदस्यहरुमा सुश्रीना थापा, दिप्सु न्यौपाने, रस्मिता खड्का, स्वीकृत वाग्ले, कृपा गिरी, आस्मा श्रेष्ठ, विलक्षण अधिकारी, कृति गौतम, रोशनी घर्ती र कृतिका श्रेष्ठ रहेका छन् ।
नव गठित क्लबका पदाधिकारी तथा सदस्यहरलाई वडा सदस्य गौकुमारी न्यौपाने लगायतले बधाई ज्ञापन गरेका थिए ।

























