प्रहार समाचार । तनहुँ, पुस २८ शनिबार ।
तनहुको व्यास नगरपालिका वडा नम्बर ४ दमौली निवासी समाजसेवी भाग्यशाली ढुंगाना सम्मानित भएका छन् । व्यास नगरपालिका वडा नम्बर ५ नेपालटारमा रहेको जन जुक्त माध्यमिक विद्यालयले ढुङ्गानालाई सम्मान गरेको हो ।
विद्यालयमा पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिको पूर्व सदस्य समेत रहेर विद्यालयको शैक्षिक , भौतिक एवं आर्थिक स्तर उन्नतिमा कर्तव्य निष्ठ एवं इमान्दारपूर्वक पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ढुङ्गानालाई सम्मान गरिएको हो।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको ४९ औँ वार्षिक उत्सव तथा अभिभावक सम्मेलनमा शुक्रबार भाग्यशाली ढुङ्गाना लाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले बताए ।
























