प्रहार समाचार । पोखरा, पुस २८ शनिबार ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान जारी गर्ने जिम्मेवार राजनीतिक दल तथा पत्रकारहरूको समेत रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा आयोजित ‘श्रमजीवी पत्रकारको समस्या चुनौतीको समाधान ‘ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले अगाडि भने – ‘ सङ्घ सरकारबाट बन्ने कानुनहरू समयमा नै नभन्दा कार्यान्वयनको पाटो फितलो बन्यो त्यसैको परिणाम स्वरूप देशको व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको छ । आफूले स्वयं प्रधानमन्त्री लाई समेत पटक पटक यो कुरा जाहेर गरेको छु ‘ कानुन समयमा नबन्दा संघियता, धर्म निरपेक्षता तथा सिङ्गो लोकतान्त्रीक गणतान्त्रीक व्यवस्था माथि प्रश्न उठेको हो ‘ ।

मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले अघिल्लो कार्यकाल देखि उड्कीएको संचार विधेयक संसदमा पटक पटक छलफल भएकाले अब छिट्टै संचार विधेयक पास हुने बताए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल आचार्य , महासचिव दिलिप पौडेल, जिवन भण्डारी , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी ,समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी लगायतले लोकतन्त्रमा नै प्रेस स्वतन्त्रता हुने भएकाले यसको रक्षाकालागि आम संञ्चार जगत लाग्नुपर्नेमा जोड दिएका थिए ।
























