आईतबार । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने भएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले माघ २ गतेदेखि आचारसंहिता लागू हुने बताए। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्न लागिएको हो। राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ। जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि सुरू हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि सुरू हुन्छ। त्यस अवधिमा निर्वाचनको प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइन्न।

























