हेडलाईनव्याससमाचारगण्डकी

पुस्तक बिक्रिका लागि दमौलीमाआउने भए डा. महावीर पुन

प्रहार समाचार । तनहुँ, पुस २५ बुधबार । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन भोलि दमौलीमा आउने भएका छन्  । पुनकाे आत्मकथा समेटिएकाे पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ विक्रिका लागि आउने भएका हुन् ।

पुन भोलि दिउँसो ३ बजे लियो क्लब अफ तनहुँको सहजीकरणमा दमौली आउने कार्यक्रम रहेको क्लबका प्रथम उपाध्यक्ष सगर घिमिरेले प्रहार समाचार लाई जानकारी दिए  । ‘भोलि दिउँसो ३ बजे व्यास नगरपालिका-३ अनसन चौतारीमा डा. महावीर पुन आउने कार्यक्रम रहेको छ , उनले भने -” दमौली नजिक रहेका महानुभावहरुलाई पुस्तक खरिद गरेर सहयोग गर्न अनुरोध गर्दछु “

करिब ३० वर्षदेखि वीरगञ्जमा बन्द अवस्थामा रहेकाे कृषि औजार कारखाना सञ्चालनकाे लागि आर्थिक सहयाेग जुटाउन बिक्री भइरहेको पुस्तक विक्रीका लागि सहजीकरण गरेको क्लबका सचिव मुकेश विडारीले बताए । पुन आज गोरखा , आँबुखैरेनी र लमजुङमा पुस्तक विक्रिका लागि आएका थिए । उनको आत्मकथा नेपालसँगै बेलायत, हङकङ, जापान, अमेरिकालगायत देशमा ठुलाे परिणाममा पुस्तक भइसकेको छ ।

पुनले बिक्री भएका किताबकाे सबै रकम कारखाना सञ्चालनमा खर्च गर्ने घाेषणा गरेका छन्। दमौली बाट पनि पुस्तक प्रेमी हरुले धेरै पुस्तकहरु किन्ने आशा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button